मंगलबार, वैशाख ११, २०८१

तीलाको पुलले जुम्लामा ल्याएको खुसी

जुम्लाको तीला गाउँपालिका–३ मा रहेको तीला नदीमा पक्की पुल बनेपछि जुम्लाका स्थानीय हर्षित भएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- जुम्लाको तीला गाउँपालिका–३ मा रहेको तीला नदीमा पक्की पुल बनेपछि जुम्लाका स्थानीय हर्षित भएका छन्।

triton college

तीला नदिमा ५२ मिटरको पक्की पुल निर्माणसम्पन्न भएपछि आवतजावत सहज भएपछि स्थानीय खुसी भएका हुन्।

जुम्ला र जाजरकोट जोड्नको मार्गको सो पुलको काम पाँच वर्षअघि सुरु भएको थियो भने हाल आएर निर्माण सम्पन्न भएको हो। 

पुलको अभावमा तातोपानी ७ र ८ का वासिन्दालाई आवत जावतमा सास्ती हुँदै आएको थियो।

‘विषेशगरी वर्खायाममा मानिसहरूलाई खोला तर्न महाभारतै थियो,’ स्थानीय रमाकान्त कुँवरले भने, ‘आउजाउ गर्दा ज्यानकै जोखिम हुन्थ्यो। अब पुलले गर्दा सहज भएको छ। बाह्रैमास सुविस्ताले हिँडन् पाइयो।’

corrent noodles
Metro Mart

पुल निर्माण भएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुँदै जाजरकोट जान सहज भएको छ।

४ करोड १२ लाख रूपैयाँ लागतमा निर्मित पुलको निर्माणको लागि २०७३ साल असार ५ मा निर्माण सम्झौता भएको थियो।
पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार पक्की पुल बनेपछि सहजै रूपमा सवारीसाधन आवतजावत गर्न सकिने अवस्था रहेको छ।

४ करोड १२ लाख रूपैयाँ लागतमा निर्मित पुलको निर्माणको लागि २०७३ साल असार ५ मा निर्माण सम्झौता भएको थियो।

निर्माण सम्झौताअनुसार पुल २०७५ साल जेठमै बनिसक्नु पर्ने पुल ठेकेदारको ढिलासुस्तीले गर्दा निर्माण समयमै बन्न सकेको थिएन। पुल नबन्दा स्थानीय सास्ती खेप्न बाध्य हुँदा ठेकेदार कम्पनीसँग रुष्ट थिए।

‘पुलको निर्माण फरक र जटिल प्रकृतिको थियो। लामो समयदेखि निर्माण सुरु भए पनि अलपत्र परेको थियो,’ पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपकबहादुर रावले भने, ‘निर्माण सम्पन्न भएपछि जुम्लाको साविक ताम्ति गाविस हाल तातोपानी गाउँपालिकाको ७ र ८ का स्थानीयलाई आउजाउमा सहज भएको छ भने जाजरकोट जाने यात्रुलाई पनि सुविस्ता भएको छ।’

जाजरकोटबाट जुम्ला जाने जुम्ला–जाजरकोट सिमानासम्म कच्ची सडक जोड्न पूर्वाधार विकास कार्यालयले दुई करोड १९ लाख रूपैयाँ विनियोजन गरिसकेका छ। हाल जुम्लाको इमिल्चा क्षेत्र हुँदै जाजरकोटसम्म पुग्ने सडक निर्माणको काम सूचारु छ।

‘विगतमा वर्षायाममा नदीमा पानीको सहत उचोँ हुँदा नदी तर्न सम्भव हुन्थेन,’ कुँवरुले भने, ‘वर्षामा त गाडी आउजाउ नै रोकिन्थ्यो। पुल बनेपछि ढुक्क भएको छ।’

पुलले गाउँमा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज हुनेछ। साथै गाउँमा उत्पादिन कृषिजन्य वस्तु पनि बजारसम्म लान सहज हुने आशा स्थानीयको छ।

प्रकाशित: Sep 06, 2021| 07:45 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।