बाँके - नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी. घुससहित पक्राउ परेका छन्।
हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खत्री र प्रताप के.सी. लाई सेवाग्राहीबाट लिएको ३५ हजारसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो।