काठमाडौं- नेपाली कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ।
बुधबार शोक वक्तव्य जारी गर्दै काँग्रेसले वडाध्यक्ष धामीको मृत्युको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा वडाध्यक्ष धामी स्थानीयको भैंसी गोठमा रहस्यमय ढंगले मृत भेटिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको घोर निन्दा र भत्र्सना गरेको छ।
यस्तै काँग्रेस संसदीय दलले वडाध्यक्ष धामीको रहस्यमय मृत्युले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ। प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा जनप्रतिनिधिकै हत्या हुनु दुःखद भएको उल्लेख छ।