बिहीबार, वैशाख १३, २०८१

चुनाव प्रचारमा जुटेका राघवलाई बिहे प्रस्तावको ओइरो

भारतको दिल्लीमा यतिबेला चुनावी माहोल छ। विभिन्न राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। शनिबार दिल्लीमा विधानसभाको चुनाव हुँदैछ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

नयाँदिल्ली- भारतको दिल्लीमा यतिबेला चुनावी माहोल छ। विभिन्न राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। शनिबार दिल्लीमा विधानसभाको चुनाव हुँदैछ।

triton college

अहिले सरकार चलाइरहेको आम आदमी पार्टी सबैभन्दा बढी शक्तिका साथ चुनावमा होमिएको छ।

आम आदमी पार्टीले राजिन्दर नगरमा पार्टीका केन्द्रीय कोषाध्यक्ष एवम् प्रवक्तासमेत रहिसकेका राघव चड्ढालाई टिकट दिएको छ।

चार्टर्ड एकाउन्टेन्ट रहेका राघवले जागिर छोडेर राजनीति पेशा अँगालेका हुन्। चुनाव प्रचारप्रसारका क्रममा राघवले आफूलाई माया गर्ने थुप्रै मतदाता पाए। तर उनले आश्चर्यजनक रुपमा बिहेको प्रस्ताव गर्ने युवतीहरु पनि भेटेका छन्।

३१ वर्षीय राघवले चुनाव प्रचारप्रसारका क्रममा थुप्रै ठाउँमा आफूलाई बिहेको प्रस्ताव आएको बताएका छन्।

corrent noodles
Metro Mart

मृदुभाषी र लोभ्याउने खालको जिउडालका कारण पनि उनलाई बिहेको प्रस्ताव धेरै आएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनलाई सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा समेत बिहेका थुप्रै प्रस्ताव आएको बताइएको छ।

पछिल्लो १५ दिनमा सामाजिक सञ्जालमा उनलाई १२ जनाले बिहेको प्रस्ताव गरेका छन्। चड्ढाका सोसल मिडिया म्यानेजरका अनुसार ट्वीटरमा पनि एक महिलाले विवाह प्रस्ताव राखेकी छन्।

उक्त प्रस्तावमा जवाफ दिँदै चड्ढाले लेखेका छन्, ‘अहिले अर्थव्यवस्थाको अवस्था ठिक छैन, यस्तोमा विवाह गर्नका लागि यो उपयुक्त समय होइन।’

चड्ढाको सोसल मिडियो टिमले देशभरबाट यस्ता प्रस्तावहरु आइरहेको भन्दै आफूहरुले सबै प्रस्तावको प्रतिक्रिया नदिए पनि दिल्लीबाट आउने प्रस्तावमा प्रतिक्रिया दिँदै अहिले मतदान गर्न आग्रह गर्ने गरेको बताएको छ।

राघवलाई सामाजिक सञ्जालमा मात्र नभई केही सार्वजनिक कार्यक्रमहरुमा समेत विवाहको प्रस्ताव आउने गरेको छ।

प्रकाशित: Feb 05, 2020| 16:29 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।