बुधबार, वैशाख १२, २०८१

आफूले काम गर्ने कम्पनीबाट टिभी चाेर्ने ८ पक्राउ

आफै काम गर्ने कम्पनीबाट ६० वटा टिभी र अन्य इलेक्ट्रोनिक्स सामान चोरीमा संलग्न ८ जनालाई ठिमी प्रहरीले फक्राउ गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- आफै काम गर्ने कम्पनीबाट ६० वटा टिभी र अन्य इलेक्ट्रोनिक्स सामान चोरीमा संलग्न ८ जनालाई ठिमी प्रहरीले फक्राउ गरेको छ।

triton college

मिलिनिया ग्लोबल प्रालिको भक्तपुरमा रहेको गोदामबाट विभिन्न कम्पनीका ६० थान टिभी र ईलेक्ट्रोनिक्सका सामानहरु चोरीमा संलग्न कामदार र सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का २० वर्षीय सुरज बस्नेत, कैलाश कार्की, दोलखा बिगु गाउँपालिका–४ का १९ वर्षीय सागर बिश्वकर्मा र १७ वर्षीय एक युवक छन्। उनीहरु कामदार हुन्।

यस्तै भक्तपुर सुर्यविनायक नगरपालिका–७ का ६३ वर्षीय शम्भु खड्का र वडा नम्बर ४ का ५४ वर्षीय शम्भु के.सी छन्। उनीहरु सुरक्षा गार्ड हुन्।

टिभी बिक्री गर्न सहयोग गर्ने रामेछाप मन्थली नगरपालिका–२ का २२ वर्षीय प्रमोद अधिकारी र ओखलढुङ्गा लिखु गाउँपालिका–९ का २२ वर्षीय शंकर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

corrent noodles
Metro Mart

सीसीटिभी फुटेज, कामदारहरुको बयान, मोबाईल सम्पर्क लगायतबाट अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुबाट चोरी भएका सामानमध्ये बिभिन्न साईजका ३५ थान टिभी, भ्याकुम क्लिनर २ थान, अर्पाट ब्रान्डको हिटर ५ थान, मिक्चर थान ५, अजन्ता कम्पनीको भित्ते घडी थान १ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 05, 2020| 14:51 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।