काठमाडौं- ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा खेपिरहेका एक वडा अध्यक्षलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ का अध्यक्ष रामप्रसाद यादव छन्। जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले अदालतबाट पक्राउ पूर्जी जारी भएका यादवलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जानकारी दिए।
यादवविरुद्ध ४–५ वर्ष पहिले नै जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बुझिएको छ। अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले यादवको बयान चलिरहेको बताए।
यादव राजपाबाट निर्वाचित वडा अध्यक्ष हुन्।