काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालका सुरुवाती ब्याट्सम्यानका रुपमा आएका पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। पारस तीन रन बनाएर आउट भए भने ज्ञानेन्द्र एक रनमा आउट भए।
नेपालले ४ ओभर ३ बलमा ४ रन जोड्दा २ विकेट गुमाएको थियो। ज्ञानेन्द्रलाई ३ ओभर ५ बलमा गुमाएको नेपालले ४ ओभर ३ बलमा गुमाएको थियो। सुरुवातमै भरपर्दा दुई ब्याट्सम्यान गुमाएपछि नेपालले अहिले सम्हालिएर ब्याटिङ गरिरहेको छ।