शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रियसभालाई चर्चामा ल्याउन सांसदका चार सुझाव

संघीय संसद राष्ट्रियसभाको भूमिका कम भएकोमा सदस्यहरुले नै चिन्ता व्यक्त गरेका छन्।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– संघीय संसद राष्ट्रियसभाको भूमिका कम भएकोमा सदस्यहरुले नै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रियसभाको केही काम नै छैन भनी भइरहेको प्रचारको खण्डन पनि आजको बैठकमा गरिएको छ।

triton college

बुधबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै चारवटा सुझाव दिएका छन्।

‘मलाई कहिलेकाहीँ दुःख र चिन्ता लाग्छ– हाम्रा देशका बुद्धिजीवीसमेत र चेतनशील नागरिक समेतले राष्ट्रियसभाप्रति प्रश्न गर्दै आएका छन्। हाम्रो देशको संविधानले राष्ट्रियसभालाई कस्तो हैसियत दिएको छ, कसरी परिभाषित गरेको छ भन्ने विषय नहेरीकन र त्यसलाई नबुझीकन राष्ट्रियसभाका विषयमा अत्यन्तै नकारात्मक धारणा लिएर बसिरहेका छन्,’ उनले भने।

राष्ट्रियसभाको केही कामै छैन, राष्ट्रिय सभाको केही औचित्य नै छैन भन्ने किसिमबाट कुराहरु आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले राष्ट्रियसभालाई चर्चित बनाउन चारवटा सुझाव दिए। पहिलो सुझावमा उनले पत्रकार सम्मेलन गर्न सुझाव दिए। ‘राष्ट्रियसभाले नियमित र सघन रुपमा राजनीतिक तहमा छलफल गर्ने र सचिवालय तहमा प्रेस मिट गर्ने र गरिएका कामको सम्प्रेषण गर्ने,’ सुझाव उनले दिए।

corrent noodles
Metro Mart

‘दोस्रो सुझाव, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामूहिक रुपमा आफ्नो निर्वाचन क्षेत्रप्रति जिम्मेवार बनाउन नियमावली संशोधन गर्ने। यो प्रयास भएको थियो तर अन्तिममा रोकियो,’ उनले भने ।

तेस्रो सुझावमा समय–समयमा प्रदेशहरुमा राष्ट्रियसभाको संवैधानिक हैसियत र कामकारवाहीबारे विचार गोष्ठी गर्ने रहेको छ।

सांसद देवको चौथो सुझावमा राष्ट्रियसभाका समितिहरुको कामको पुर्नसंरचना गरी सबै समितिहरुलाई पर्याप्त काम हुने गरी नियमावली संशोधन गर्नु पर्ने रहेको छ।

प्रकाशित: Feb 05, 2020| 13:37 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।