बेइजिङ– कोरोना भाइरस संक्रमणका कारण चीनमा मर्नेको संख्या चार सय ९० पुगेको छ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार हुबेई प्रान्तमा बुधबार भाइरस संक्रमणबाट थप ६५ ले ज्यान गुमाएका छन्।
भाइरस संक्रमणका कारण हङकङ र फिलिपिन्समा एक–एक जनाको ज्यान गइसकेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म २४ हजार तीन सय २४ जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमा तीन हजार आठ सय ८७ नयाँ थपिएका हुन्।
भाइरस संक्रमणको प्रकोप देखिएपछि विभिन्न देशले चीनको वुहान प्रान्तको राजधानी हुबेई सिटीबाट आउने यात्रुको प्रवेशमा रोक लगाएका छन्।
भाइरस संक्रमणले प्रकोपको रूप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ।