शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकको धार्चेमा शाखा, गोरखामा वित्तीय साक्षरता कार्यक्रम

सिभिल बैंकको धार्चेमा शाखा, गोरखामा वित्तीय साक्षरता कार्यक्रम

 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन् । गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन गर्दै गभर्नर नेपालले मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए ।

triton college

यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 05, 2020| 13:18 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्