बुधबार, वैशाख १२, २०८१

कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा यही माघ २१ गते आफ्नो ११८ औ शाखा कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।

होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रूपमा गरे ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

प्रकाशित: Feb 05, 2020| 13:13 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्