बिहीबार, वैशाख १३, २०८१

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी स्थगित

अब पेसी कहिले चढ्ने भन्ने यकिन नभएको सर्वाेच्च अदालतले जनाएको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएको छ। सर्वोच्च अदालतले बुधबारका लागि तोकिएको पेसी स्थगित गरेको हो।

triton college

यसअघि साप्ताहिक पेसीमा चढेको मुद्दा दैनिक पेसी सूचीमा भने परेको छैन।

अब पेसी कहिले चढ्ने भन्ने यकिन नभएको अदालतले जनाएको छ। मुद्दाको पेसी तोक्ने जिम्मेवारी प्रधानन्यायाधीशको हुन्छ।

सापकोटाविरुद्ध अदालतमा परेका दुई वटा रिट र अर्को अदालतको अवहेलनासम्बन्धी सापकोटाले हालेको रिटमाथि सुनुवाइ गर्न सर्वोच्चले उनी सभामुख नबन्दै बुधबारका लागि पेसी तोकेको थियो।

सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर रिट, काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी पत्नी पूर्णिमाया लामाले ०६९ मंसिर ७ मा दायर रिट र २०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी संवैधानिक इजलासमा विचाराधीन छ।

corrent noodles
Metro Mart

लामा हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत मिलाइने भन्दै दरपीठ गरेको थियो।

तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेको थियो।

त्यसपछि मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसिर २०६९ मा अर्को आदेश जारी गरेको थियो।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत असार २५ गते आदेश जारी गरेको थियो।

सर्वोच्चको संवैधानिक इजलास शाखाका अनुसार पूर्णिमायाले सापकोटा र दोङविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको लिखित उजुरीको प्रतिलिपि आयोगले अदालतलाई पठाइसकेको छ।

आयोगमा पूर्णिमायाको उजुरी १४९२ नम्बरमा दर्ता छ। सर्वोच्चले सापकोटाविरुद्ध परेका मुद्दा र रिटलाई लगाव (एउटैमा समेटेर) गत २५ असारदेखि सुनुवाइ सुरु गरेको थियो।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटालाई मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै मानव अधिकारवादी संस्थाहरूले रिट दायर गरेका थिए।

पछि सर्वोच्चले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउन अन्तरिम आदेश गर्नु नपर्ने’ भने पनि सापकोटविरुद्धको अभियोगमाथि अनुसन्धान कारबाही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश जारी गरेको थियो।

काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

पूर्णिमाको रिट यसअघि १८ पटक पेसीमा चढेको थियो भने प्याकुरेललगायतले दायर गरेको रिट ७ पटक पेसीमा चढेको थियो।

यस्तै सापकोटालाई पक्राउ गर्न र सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मुद्दाको अनुसन्धान जारी राख्न र ३० दिनभित्र प्रगति प्रतिवेदन अदालतमा बुझाउन गृह मन्त्रालयका नाममा आदेश जारी गरेको थियो।

प्रकाशित: Feb 05, 2020| 12:38 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।