मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राउतले भने– खल्तीमा अख्तियारी बोकेर नहिँड्नुस्

मुख्यमन्त्री राउतले भने– खल्तीमा अख्तियारी बोकेर नहिँड्नुस्

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खल्तीमा अख्तियारी बोकेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मौखिक अख्तियारीकै भरमा कतिपय कामहरु भइरहेको भन्दै राउतले यसो नगर्न निर्देशन दिएका हुन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खल्तीमा अख्तियारी बोकेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मौखिक अख्तियारीकै भरमा कतिपय कामहरु भइरहेको भन्दै राउतले यसो नगर्न निर्देशन दिएका हुन्।

triton college

मंगलबार प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘कतिपय मन्त्रीज्यूहरु मौखिक अख्तियारीकै भरमा काम गराइरहनु भएको छ, यसले कसैको भलो गर्दैन, खल्तीमा अख्तियारी बोकेर हिँड्ने काम बन्द गरौं।’

उपभोक्ताहरुको पछिल्लो आर्थिक वर्षको भुक्तानीमा फसेका मुख्यमन्त्री राउतले मन्त्री र प्रदेशसभा सदस्यहरुकै कारण यस्तो समस्या आएको जिकिर गरे। ‘भुक्तानीको समस्या मन्त्री र माननीयज्यूहरुकै कमीकमजोरीले सिर्जना भएको छ, उहाँहरुले यदि समयमै टेण्डर गरिदिएको भए समस्या नै आउने थिएनन्,’ राउतले भने ।

‘यस्तो समस्या आगामी दिनमा पनि आउन सक्दछ, त्यसैले किन्तुपरन्तु नगरी विकास निर्माणका योजनाहरुको समयमै टेण्डरी गरी आ–आफ्नो जिम्मेवारी बहन गर्नुस्, यसैमा सबैको भलो छ, अन्यथा आउने दिनमा सरकारमाथि जनताको विश्वास गुम्ने निश्चित छ,’ राउतले थपे।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई प्रतिपक्षीहरुले गरेको सहयोगप्रति धन्यवाद दिँदै भने, ‘प्रतिपक्षी दलले सकारात्मक भूमिका निर्वाह गरेको छ। हामीभित्रै केही कमीकमजोरी देखिएकोले कलंकित हुने अवस्था उत्पन्न भएको छ, आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढिन्छ।’

corrent noodles
Metro Mart

प्रकाशित: Feb 04, 2020| 22:28 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।