शुक्रबार, वैशाख ७, २०८१

प्रदेशसभाको दुई वर्ष, २३ विधेयकमात्र पास

प्रदेश २ को प्रदेशसभाले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। पाँचदिवसीय कार्यक्रम गरी प्रदेशसभा सचिवालयले दोस्रो वार्षिकोत्सव मनाएको हो।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

जनकपुरधाम - प्रदेश २ को प्रदेशसभाले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। पाँचदिवसीय कार्यक्रम गरी प्रदेशसभा सचिवालयले दोस्रो वार्षिकोत्सव मनाएको हो। एक महिनाअघि स्थगित भएको प्रदेशसभा बैठक कहिले बस्नेबारे हालसम्म कुनै अत्तोपत्तो नरहेपनि वार्षिकोत्सव समारोह भने भव्य तरिकाले मनाइएको छ।

triton college

ठीक दुई वर्षअघि माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। ज्येष्ठ सदस्यको हैसियतले पहिलो बैठकको नेकपा (तत्कालीन एमाले) का प्रदेशसभा सदस्य लगनलाल चौधरीले अध्यक्षता गरेका थिए। पहिलो बैठकमा सहभागी हुन आउँदा प्रदेशसभा सदस्यहरु प्रदेशलाई विकासको दिशामा अगाडि डोर्‍याउन उत्साहित देखिएका थिए। तर, २४ महिनाको अवधिमा जम्मा २३ वटा कानुनमात्र बनेकोमा प्रदेशसभा सदस्यहरु निराश भएका छन्।

दुई वर्षको अवधिमा प्रदेशसभाबाट जम्मा २३ वटा विधेयकमात्र पारित भएको छ। दोस्रो वर्षमा प्रदेशसभाबाट जम्मा ७ वटा विधेयक पारित भएको छ भने बाँकी पहिलो वर्षमा पारित भएको थियो। विभिन्न समितिहरुमा दफाबार छलफलको लागि १३ विधेयक अड्केको छ भने ८ विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएर आएको छ।

दोस्रो वर्षमा दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक सडक निर्माण सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ पारित भएको छ भने प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

एक महिनाभन्दा बढी भयो प्रदेशसभा बैठक नबसेको। गतवर्षको बक्यौता रकम प्रदेश सरकारले उभोक्ताहरुलाई भुक्तानी गर्न नसकेपछि प्रतिपक्षका साथै सत्तापक्षधर प्रदेशसभा सदस्यहरु विरोधमा उत्रेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।

corrent noodles
Metro Mart

डेढ महिना पछि पुष १४ मा बसेको प्रदेशसभा बैठक करिब ४० मिनेट बसेर अवरुद्ध भयो। त्यसको भोलिपल्ट १५ पुषमा बोलाइएको अर्को बैठकमा भुक्तानीको माग राख्दै प्रतिपक्ष र सत्तापक्षधर केही प्रदेशसभा सदस्यहरुले विरोध गरेपछि पाँच मिनेटमै स्थगित भयो। त्यसपछि प्रदेशसभा बैठक बस्न सकेको छैन। अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित भएको छ।

२४ महिनाको अवधिमा २३ वटामात्र कानुन पास हुनु दुःखद रहेको र यही गतीमा हिँडे विकास र समृद्धि नारामामात्रै सीमित हुने प्रदेशसभा सदस्यहरुको भनाइ छ। यद्यपि प्रदेशसभा सदस्यहरु न्यून संख्यामा कानुन पास हुनुमा प्रदेशसभा भन्दापनि सरकारको कमजोरी रहेको बताउँछन्। उनीहरुको नजरमा प्रदेशसभा ‘पास’ भएपनि प्रदेश सरकार भने ‘फेल’भएको छ।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले प्रदेशसभाको दुई वर्षे कार्यकाल राम्रो रहेको प्रतिक्रिया दिए। गलत कुराको विरोध गर्नुका साथै हालसम्म सहमति र सहकार्यमा प्रदेशसभा अगाडि बढेको उनको भनाइ छ। प्रतिपक्षका साथै गम्भीर विषयहरुमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुले कुरा राख्ने गरेकोले दुई वर्षको कार्यकाल सफल रहेको यादवले बताए।

सरकारले विजनेस दिननसक्दा प्रदेशसभा केही सुस्त जरुर भएको उनलाई लागेको छ। ‘सरकारले बिजनेस दिन सकेको छैन्, बिजनेस नपाउँदा प्रदेशसभा निष्क्रियप्रायः बनेको छ, सरकारले विजनेस दिन नसकेपछि कानुन निर्माण प्रक्रिया अन्यौलमा परेको छ,’ संसदीय दलका नेता यादवले भने।

यसैगरी नेकपाको नजरमा पनि प्रदेशसभा ‘पास’ देखिएको छ भने प्रदेश सरकारले खासै काम गर्न सकेको छैन्। सरकार र प्रदेशसभा एकआपसमा अन्तर्निहित रहेकोले प्रदेशसभालाई सफल बनाउन सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बताउँछन्।

‘प्रदेशसभाको पहिलो कार्यकाल सरकारको अपरिपक्वतामा बित्यो, दोस्रो वर्षसम्म आइपुग्दा सरकारलाई सहयोग गरेको दलले समर्थन फिर्ता लियो,’ मण्डल भन्छन्, ‘अहिले सरकारमा सहभागी राजपासँग विवाद चर्किएको छ, सरकारबाट अलग हुने स्थिति बनेको छ। सरकारले कार्यसम्पादनमा तीव्रता नदिँदा प्रदेशसभा सुस्त देखिएको छ।’ प्रदेशसभालाई सक्रिय बनाउने काम सरकारको भएपनि सरकारको ध्यान त्यसतर्फ पुग्ननसकेको उनको भनाइ छ।

प्रकाशित: Feb 04, 2020| 18:57 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।