मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगर प्रहरी हिरासतमै भीम कामतको मृत्यु, आफन्त भन्छन्- रहस्यमय छ, छानबिन हुनुपर्छ [भिडियोसहित]

विराटनगर प्रहरी हिरासतमै भीम कामतको मृत्यु, आफन्त भन्छन्- रहस्यमय छ, छानबिन हुनुपर्छ [भिडियोसहित]

कामतलाई शुक्रबार मोरङ प्रहरीले पक्राउ गरेको थियो। जनपथ टोलमा होटल सञ्चालन गर्दै आएका कामतको घरबाट प्रहरीले ३ किलो भन्दा बढी गाँजा बरामद गरेको प्रहरीले बताएको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

विराटनगर- गाँजासहित पक्राउ परेका भनिएका विराटनगरका युवाको प्रहरी हिरासतमा नै मृत्यु भएपछि मृतकका आफन्तले मृत्यु रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका छन्। मोरङ प्रहरीको हिरासतमा रहेका विराटनगर-११ का ३७ वर्षीइ भीम कामतको आइतबार मृत्यु भएको हो। 

triton college

कामतलाई शुक्रबार मोरङ प्रहरीले पक्राउ गरेको थियो। जनपथ टोलमा होटल सञ्चालन गर्दै आएका कामतको घरबाट प्रहरीले ३ किलो भन्दा बढी गाँजा बरामद गरेको प्रहरीले बताएको छ। 

लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार उनीविरुद्ध प्रहरीले म्याद थप गर्न अदालत लैजाने तयारी गरेको अवस्थामा बेहोस भएर उनी ढलेको प्रहरी दाबी छ। यसपछि उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको र त्यही अवस्थामा उनको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीको भनाइ छ। 

शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि कोसी अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा दिउँसो २:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

उता मृतकका आफन्तले भने मृतक कामतको शरीरमा विभिन्न भागमा चोटपटक देखिएको भन्दै हत्या भएको आशंका गरेका छन्। 'मैले उनको शव हेरेँ। उनको खुट्टामा डाम छ। ढाडमा पनि डाम छ,' मृतकका एक आफन्तले भने, 'यो डाम के को हो?'

corrent noodles
Metro Mart

मृतकका अर्का एक जना आफन्तले शनिबारसम्म ठिकठाक भएको व्यक्ति कसरी भोलिपल्टै मृत्यु भन्ने विषय रहस्यमय भएको बताएका छन्। कामतको प्रहरीले हत्या भएको हुन सक्ने आशंका मृतकका आफन्तको छ। 

कोशी अस्पतालमा दिउँसो कामतका आफन्तले कोसी अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। 

'हिरासतमा कुटपिट गर्ने भन्ने सम्भवै छैन। हाम्रो हिरासतमा चौबिसै घण्टा सीसीटीभी निगरानी हुन्छ,' मोरङ प्रहरी प्रमुख एसपी जीसीले भने ,'पोस्ट मार्टम रिपोर्टले सबै कुरा खुलिहाल्छ।' उनलाई कुटपिट भने हुनै नसक्ने जिकिर गरे। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।