काठमाडौं– नेपालमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेसले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको दशैं ल्यायो नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।
कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इन्च स्मार्ट टि.भी. जितेका छन् ।
त्यसै गरी उक्त योजना अन्तर्गत २ जनाले ४० इन्च टि.भी., ३ जनाले ३२ इन्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।