शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना भाइरसको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौंः हान

कोरोना भाइरसको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौंः हान

नेपालको हस्पिटालिटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपालको हस्पिटालिटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भए पनि नेपाल सुरक्षित रहेको भन्दै हानले पत्रकार सम्मेलन गरी बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेको छ ।
पछिल्लो समय चीनको वहानलगायत विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानले आफ्नो धारणा बाहिर ल्याएको हो ।

हानका अध्यक्ष सिर्जना राणाले कोरोना भाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको बताइन् । उनले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि पनि सचेत रहेकाले पर्यटन क्षेत्रमा केही असर परे पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले कोरोना भाइरसले चीनको तत्कालीन बजारलाई केही असर परे पनि केही समयपछि अन्त्य हुने विश्वास लिएको बताए । उनले चिनियाँ पर्यटकलाई बुद्धजयन्तीको अवसरमा नेपालमा ल्याउने वातावरण बनाउन नयाँ कार्यक्रम तय गरिएको जानकारी पनि दिए ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउने पर्यटकको स्वास्थ्य परीक्षणलगायत पूर्वसतर्कताको काममा सदस्य होटललाई आग्रह गरिएको बताए । बेलाबेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देखा पर्ने विभिन्न किसिमका रोग तथा आपत्विपत्को सामना गरी पर्यटन व्यवसायी अगाडि बढिरहेको सन्दर्भमा आज पनि सोही प्रकृतिको अवस्थालाई सामना गरी अगाडि बढ्ने हानले जनाएको छ ।

‘नेपाल कोरोना भाइरसबाट अहिलेसम्म असुरक्षित नरहेको सरकारले प्रष्ट पारिसकेको छ । भ्रमण वर्ष सचिवालयले आधिकारिक सूचना जारी गरेको र हानले पनि आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र सङ्केत देख्ने बित्तिकै अस्पताल लैजान परिपपत्र गरिसकेका छौँ, हालसम्म कुनै पनि होटलमा कोरोना भाइरसको सङ्क्रमण नभएका स्पष्ट गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।
भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा कति पनि विचलित नभई छिमेकी मुलुक भारत, बङ्गलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एशियालगायत अन्य विभिन्न मुलुकबाट पनि लक्ष्यअनुसारको पर्यटक भित्र्याउन लागि पर्ने जनाइएको छ । तत्कालै अन्य पर्यटन स्रोत बजारको पहिचान र प्रवद्र्धनका निम्ति सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालासँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गरिएको पनि संस्थाले जनाएको छ।

प्रकाशित: Feb 04, 2020| 16:33 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्