सुर्खेत– सुर्खेतमा आज (मंगलबार) बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्।
मृत्यु हुनेमा बराहताल गाउँपालिका–९ का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए।
दुर्घटनामा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार घाइते भएका छन्।
उनीहरूलाई उद्धार गरी प्रदेश अस्पताल र माया नर्सिङ होममा पुर्याइएकाे छ।
खाराबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५–००१ज–००१५ नम्बरको बोलेरो जिप वीरेन्द्रनगर–१४, फेदखोलामा दुर्घटनामा भएको हो।