बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटक भित्र्याउने नीतिगत निर्णय गर्न व्यवसायीको माग

पर्यटक भित्र्याउने नीतिगत निर्णय गर्न व्यवसायीको माग

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- पर्यटन व्यवसायीले तत्काल विदेशी पर्यटक नेपाल भित्र्याउने नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका हुन्। 

triton college

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन्। 

संघका अध्यक्ष लामाले पिसिआर परीक्षण गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर गरी तत्काल गन्तव्यमा पुर्‍याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे। 

उनले पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा असन्तुष्टि समेत व्यक्त गरे। 

'हामीले यस अघि नै सरकारलाई भनेका थियौं। उताबाट पिसिआर परीक्षण गरेर आउँछ। यहाँ पनि हामीले लिने र त्यसपछि गन्तव्यमा पठाउने व्यवस्था गर्नुपर्छ । सरकारले यो सबभन्दा बढि मिस गरेको विषय हो,' उनले भने, 'त्यो प्लान अगाडि नै गरेको भए, त्यो पोहोर पनि धेरै पर्यटक आउँथे। अझ पनि क्याविनेटले त्यसो गर्ने निर्णय गरि सकेको छैन। त्यसले कति मान्छेलाई नेपाल आउन अडकाएको छ । अव सरकारले नीतिगत निर्णय गरेर उनीहरुलाई आउन ओपन छ भनेर भन्नु पर्‍यो।'

corrent noodles
Metro Mart

संघले पर्यटकका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलको व्यवस्था मिलाउन सस्तो ब्याजदरमा लोन प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ। अध्यक्ष लामाले पर्यटन क्षेत्रमा आबद्ध भएकाहरुलाई विना धितो लोनको व्यवस्था गर्नुपर्ने माग समेत गर्नु भयो। 

'ट्राभल, ट्रेकिङ र होटलहरुलाई चाँही सस्तो ब्याजदरमा लोन प्रवाह गर्नुपर्‍यो। अब माउन्टेन र माउन्टेन गाइडहरुका लागि विना धितो लोनको व्यवस्था गर्नुपर्दछ,' उनले भने। 

यता, आरोही सानु शेर्पाले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी आवश्यक वातावरण बनाउन सरकारलाई दबाब दिए। उनले १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेर विदेशी पर्यटक नेपाल आउने अवस्था नआउनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

ट्रेकिङ गाइड फूडोमा शेर्पाले जसरी भएपनि विदेशी पर्यटक आउने गरी आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरे। उनले विदेशी पर्यटकहरु नेपाल नआएकै कारण नेपालको पर्यटन क्षेत्र थला परेको पनि स्मरण गराए।

पर्यटक व्यवसायीहरुले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढदा नेपालको पर्यटक क्षेत्र फष्टाएर जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: Sep 05, 2021| 20:16 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्