बुधबार, वैशाख १२, २०८१

‘अजिता भुजेलको हत्या यौन जोडिएको अपराध’

मकवानपुरको क्याम्पा डाँडामा मृत भेटिएकी अजिता भुजेलको हत्या यौनसँग जोडिएको रकम लेनदेन विवादमा भएको खुलेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– मकवानपुरको क्याम्पा डाँडामा मृत भेटिएकी अजिता भुजेलको हत्या यौनसँग जोडिएको रकम लेनदेन विवादमा भएको खुलेको छ।

triton college

हेटौंडा– ११ थाना भर्‍याङकी तेस्रो लिंगी अजिता यौन व्यवसायमा संलग्न रहेको र ग्राहकसँग रकम माग्दा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ की एलिसा पाख्रिन, वडा नम्बर ४ का २४ वर्षीय आशिष बल, वडा नम्बर १४ का ह्याक्चर भनिने २१ वर्षीय बुद्ध लामा, वडा नम्बर ९ का भापु भनिने सिमेन परियार, वडा नम्बर ४ का घनटाउके भनिने सुशील थापामगरलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौराका अनुसार चार जना युवाले ७ हजार रुपैयाँ दिने शर्तमा अजितासँग ट्रकमा यौन व्यवहार गरेको तर, त्यसपछि शर्त अनुसारको रकम दिन नमान्दा भएको विवाद बढ्दै जाँदा अजिताको हत्या गरेको खुलेको छ।

“सुरुमा ४ जनाले ७ हजार रुपैयाँ दिने सहमतिमा ट्रकको क्याबिनमा अजितासँग यौनसम्पर्क गरे तर, पछि पैसा दिएनन् र विवाद भएपछि हत्या गरेछन्,” प्रहरी उपरीक्षक राठौरले भने, “ट्रकभित्र रहेको बिजुलीको तारले घाँटी बाँधेर हत्या गरेको खुलेको छ।”

corrent noodles
Metro Mart

हत्यापछि अजिताको शव सोही ट्रकमा हालेर क्याम्पाडाँडाको सडक किनारामा लगेर फालेको प्रहरीले जनाएको छ।

राठौरका अनुसार मृतक अजिताको मोबाइल एलिसासँग रहेको पत्ता लागेपछि हत्यामा संलग्नहरु पक्राउ परेका हुन्। उक्त मोबाइल एलिसाले आफूलाई आशिषले दिएको बताएकी थिइन्। आशिषलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त मोबाइल बुद्धले दिएको बताएपछि उनीहरु पनि पक्राउ परे। फेरि बुद्धले उक्त मोबाइल आफूलाई सिमोनले दिएको भनेका थिए।

सिमोन ना ६ ख ६५२७ नम्बर ट्रकका सहचालक रहेको र उनले साहुलाई नसोधी आफैं ट्रक चलाएर लगेको प्रहरीले जनाएको छ। “सिमोन र सुशीलको बसपार्कमा भेटिएको र उनीहरु कुरा मिलाएर सँगै ट्रकमा गएको खुलेको छ,” राठौरले भने।

प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाको टोलीसमेत खटिएको थियो। अजिताको हत्या माघ ३ गते भएको थियो।

प्रकाशित: Feb 04, 2020| 11:25 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।