बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आईपीजेको युवा लक्षित शैक्षिक कार्यक्रम तेस्रो वर्षमा

आईपीजेको युवा लक्षित शैक्षिक कार्यक्रम तेस्रो वर्षमा

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आईपीजे) ले काठमाडौंस्थित लिडरसिप एकेडेमीको सहकार्यमा सुरु गरेको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

कास्की– अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आईपीजे) ले काठमाडौंस्थित लिडरसिप एकेडेमीको सहकार्यमा सुरु गरेको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ।

triton college

कार्यक्रमको तेस्रो शैक्षिक सत्र गण्डकी प्रदेशको कास्कीबाट सुरु भएको छ । यस कार्यक्रममा देशका सातै प्रदेशबाट ३३ जना सहभागी रहेका छन् । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रको प्रतिनिधित्व हुनेगरी २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको आईपीजेले जनाएको छ ।

कास्कीको चिसापानीस्थित फ्याब भोकेसनल स्कुलमा आयोजित तेस्रो वर्षको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद नवराज सिलवालले कुनै पनि क्षेत्रमा नेतृत्व लिन सहज नभएको बताउँदै अरुले भन्दा फरक सोच्ने र आफूमात्र नभई अरुलाई पनि अगाडि बढाउने गुण नेतृत्वमा हुनुपर्ने बताए ।

महिला अधिकार तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी तुलसालता अमात्यले सबैखाले विभेद हटाउन युवाहरु लाग्नुपर्ने बताइन् । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम यसमा प्रभावकारी हुने उनको भनाइ थियो ।

आईपीजेका अनुसार कार्यक्रमको पहिलो सत्र कास्कीमा सम्पन्न भएको छ भने दोस्रो सत्र काठमाडौंमा, तेस्रो सत्र हिमाली जिल्लामा र अन्तिम सत्र तथा दीक्षान्त समारोह तराई क्षेत्रमा हुनेछ ।

corrent noodles
Metro Mart

सन् २०१८ देखि सुरु भएको यस कार्यक्रमका प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ ।

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले बताए ।

‘यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ ।’

आईपीजेले नेपालको द्वन्द्व व्यवस्थापनका लागि नेपालका राजनीतिक दल, नागरिक समाज र महिला नेतृहरुसँग मिलेर सन् २००२ देखि काम गर्दै आएको छ ।

प्रकाशित: Feb 04, 2020| 10:02 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।