काठमाडौं– गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने सुरुवा भएका छन्। बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव रिक्त भएको थियो।
मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग आयोगका सचिव न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश एक नं. १ का प्रमुख सचिव सुरेश अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई सचिवमा बढुवा गरी प्रदेश १ को प्रमुख सचिवमा पठाइएको छ।