पर्सा- प्रदेश नम्बर २ को सरकारले ल्याएको 'बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत आOतबार ५२ थान साइकल वितरण गरिएको छ।
वीरगंज महानगरपालिका वडा नं-९ स्थित रहेको श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कलवारको अध्यक्षता र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम पटक विद्यार्थीहरुले सहयोग स्वरुप साइकल पाएको विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्णले जनाए।
विद्यालयमा पठन पाठन गर्नको लागि विद्यार्थीहरु निक्कै टाँडाबाट आउने हुँदा साईकल पाएपछि सो समस्याबाट छुटकरा पाएको विधार्थीहरुको भनाइ थियो ।