मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रोकिएन अवैध उत्खनन : चारवटा टिप्पर र एक जेसीभी नियन्त्रणमा

रोकिएन अवैध उत्खनन : चारवटा टिप्पर र एक जेसीभी नियन्त्रणमा

खोलामा हुने अवैध उत्खननको विरोध गरेकै कारण धनुषाको दिलिप महतोको हत्या भयो।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

जनकपुरधाम- खोलामा हुने अवैध उत्खननको विरोध गरेकै कारण धनुषाको दिलिप महतोको हत्या भयो।

triton college

केही दिनअघि मिथिला नगरपालिकास्थित औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गरेपछि टिप्परले किचेर दिलिपको हत्या गरियो।

दिलिपको हत्यापछि मापदण्डविपरीत उत्खननमा जिल्ला समन्वय समिति धनुषाले रोक लगाएको छ। कागजी रुपमा उत्खननमा रोक लगाइए पनि कार्यान्वयन भने हुन सकेको छैन। धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदिको चुरे क्षेत्रबाट अवैध उत्खनन गर्ने टिपर र जेसीभी समातिएपछि रहस्य सार्वजनिक भएको हो।

चुरे क्षेत्रको कमला नदीमा ग्राभेल तथा ढुंगा उत्खनन गरिरहेका बेला आइतबार राति करिब ८ बजे प्रहरीले चारवटा टिप्पर, एक जेसीभीसहित चार जना चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले बा २ ख २९८७ सहित सिरहा कर्जनहा-२ बस्ने चालक राजकुमार राउत, ना २ क २८४ नम्बरको टिपर चालक धनुषा लक्ष्मीनिया-३ बस्ने पुण्यप्रसाद राउत, ना २ क २७८ नम्बरको टिप्पर चालक मिथिला नगरपालिका-२ बस्ने गोपाल महतो र भे १ ख २९३९ नम्बरको टिपर चालक महोत्तरी बर्दिवास-१ बस्ने रामु महतोलाई पक्राउ गरेको छ।

corrent noodles
Metro Mart

बा ३ ख ७६०० नम्बरको टिप्परका चालक फरार भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका टिप्पर र जेसीभी आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषामा बुझाइएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन्। चुरे क्षेत्रमा ढुंगा ग्राभेल खनिरहेको जानकारी पाएपछि प्रहरी टोली त्यहाँ पुगेको बस्नेतले बताए।

अवैध उत्खननको विरोध गर्ने दिलिपको गत पुष २५ गते हत्या भएपछि धनुषामा अवैध उत्खनन पूर्ण रुपले बन्द गरिएको छ। जिल्ला समन्वय समितिले सूर्योदयदेखि सूर्यास्तसम्म दिउँसोमात्र नदीजन्य वस्तु मापदण्डअनुसार खन्न पाउने निर्णय गरेको छ।

प्रकाशित: Feb 03, 2020| 18:19 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।