शनिबार, वैशाख ८, २०८१

दशककै उल्लेखनीय ओपोका सात स्मार्टफोन

 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं - सन् २०१०-२०१९ को दशकमा ओपोले उत्पादन गरेका केही स्मार्ट फोनलाई दशककै उत्कृष्टको सूचिमा राखेको छ। ओपोले सात फोनलाई दशककै उत्कृष्टको सूचिमा राखेको हो।

triton college

यी हुन् ओपोका उत्कृष्ट फोन

ओपो फाइन्ड - २०११

सन् २०११ मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक गर्यो। उक्तफोनमा साइडस्लिप कभर, फूलकिबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र स्मार्टफोन प्रविधिकालागि क्रान्तिकारी मानिएको) लगायत फिचर्स उपलब्ध गराइएको थिया। ओपोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन पनि हो यो।

ओपो फाइन्डर - २०१२

corrent noodles
Metro Mart

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचकासाथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना ओपोले गर्‍यो। नतिजास्वरुप ओपो फाइन्डरको जन्म भयो। यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डरसम्म आइपुग्दा ओपोले ठूलो छलाङ मार्‍यो। मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडियामार्फत अन्तर्राष्ट्रिय कभरेज पनि प्राप्त गर्‍यो।

ओपो यूलाईक २ - २०१२

यूलाईक २ को आगमनलाई ब्यूटिफाइड सेल्फीयूगको सुरुवात मानिन्छ। ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्बिरका लागि मात्र नभइ फोनको आकारसमेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरण मार्फत यस्तो सम्भव भएको हो।

ओपो यूलाइक२ मा रहेको ब्यूटी २.० अल्गोरिथमकासाथै ५ एमपी फरवार्ड फेसिङ क्यामेरासहितको पहिलो ओपो उपकरण बन्यो यो फोन। ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालितरुपमै ब्यूटिफिकेसन ईफेक्टमार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ।

ओपो एनथ्री - २०१४

‘क्यामेरा मास्टर’का रुपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भित्र्याउने पहिलो फोन हो। विद्युतीय रोटेटिङ क्यामेरा उपलब्ध गराइएको यो नै पहिलो उपकरण हो। १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक ईञ्जिन सुसज्जित यो फोनलाई सन् २०१४ को स्ट्रोङ्गेस्ट पफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ।

ओपो आरनाइन - २०१६

सन् २०१६ मा ओपोले हालसम्म पनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो-भोक। भोक फ्ल्याश चार्जिङ सुसज्जित ओपो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टासम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ। २० मिलियन थान बिक्रीहुनुका साथै यो फोन चिनियाँ बजारमा सर्वाधिक बिक्री हुन सफल रह्यो।

ओपो फाइन्ड एक्स - २०१८

क्रान्तिकारी स्क्रिन डिजाइनसहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुलस्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ। यसमा रहेको कर्भड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियोसहितको फोनका रुपमा स्थापित गर्यो। फाइन्ड एक्सको आगमनसंगै यसले सर्वाधिक ईफेक्टिभ फूल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो। फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’ प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ।

ओपो रेनो फाइभजी - २०१९

सन् २०१९ को सुरुवातसंगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक गर्यो। रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा) टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्स पनि यसमा उपलब्ध गराइएको छ। ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्ससहितको फूल फोकल लेन्थ ट्राई लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेनएक्सजुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो।

प्रकाशित: Feb 03, 2020| 17:07 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्