बांँके– कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेकाे नेपाल–भारत सीमा नाका जमुनाहामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
सो सीमानाका हुँदै नेपाल भित्रिनेमा काेराेना भाइरसको संक्रमण भए/नभएको जाँच गर्न हेल्थ डेस्क सञ्चालन गरिएकाे नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।
हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ, जहाँ ज्वरो तथा रुघाखोकीका सँगै शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण गरिनेछ।
यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ।
रासस