मंगलबार, वैशाख ४, २०८१

अब नेताहरुको पनि सम्पत्ति छानबिन हुने

नेकपाले पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्ने भएकाे छ । त्यस्का लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको छ ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं- पाँच दिन चलेको सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठकमा उठेका एजेन्डालाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

triton college

कसैले एमसीसी सम्झौताको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले प्रत्यक्ष निर्वाचित प्रधानमनत्री वा राष्ट्रपतिका विषयमा बहस भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले भने नेकपाले पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्ने भनि गरेको निर्णयलाई मुख्य समाचार बनाएको छ ।

नेकपाले नेताका सम्पत्ति खोज्ने शीर्षकमा खबर लेखेको उसले सम्पत्ति छानबिनका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको समाचारमा उल्लेख गरेको छ ।

अन्नपूर्णले समाचारसँगै आशंका समेत व्यक्त गर्दै लेखेको छ– यसअघि पनि पटक-पटक आन्तरिक रूपमा सम्पत्ति छानबिनका निर्णय नभएका होइनन्। तर, न कसैलाई कारबाही गरिन्थ्यो, न प्रतिवेदन नै सार्वजनिक गरिन्थ्यो । यो छानबिनको निर्णय पनि सोहि ढंगको हुने हो की भनेर अन्नपूर्णले आशंका व्यक्त गरेको छ ।

corrent noodles
Metro Mart

यस्तै आजको कान्तिपुर दैनिकले विमति राख्ने खनालकै काँधमा एमसीसी शीर्षकमा मुख्य समाचार छापेको छ ।

आइतबार पार्टी वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेता भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य रहने गरि नेकपाले एक अध्ययन कार्यदल बनाएको छ ।

एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेतासमेत रहेका सचिवालय सदस्य खनाल कार्यदलका संयोजक छन् ।

एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।

यो कार्यदल गठन भएसँगै संसद्को अघिल्लो अधिवेशनबाट पारित भएर गत डिसेम्बरमै कार्यान्वयनमा आउनुपर्ने एमसीसीसँगको सम्झौता थप अध्ययनको भुमरीमा परेको कान्तिपुरले लेखेको छ ।

यद्यपि आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले १० दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टी सचिवालयले निर्णय गर्ने सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिए ।

आजको नागरिक दैनिकले पनि एमसीसी सम्झौता संकटमा, नेकपाले बनायो अध्ययन कार्यदल शीर्षकमा मुख्य समाचार छापेको छ ।

आजको नयाँ पत्रिकाले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु शीर्षकमा मुख्य समाचार छापेको छ ।

निर्वाचन खर्चिलो भएको केन्द्रीय सदस्यहरूको गुनासो बढेसँगै देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको हो ।

जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको नयाँ पत्रिकाले लेखेको छ ।

नेकपाको यो बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमले अहिलेको शासकीय स्वरूपमा परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा पार्टी सचिवालय बैठकमै छलफल भएको बताए ।

नेकपाको केन्द्रीय कमिटिको बैठकमा उठेका एजेन्डा बाहेक आजका पत्रपत्रिकाले कोरोना भाइरसको जोखिम बढेपछि चीनबाट १८० नेपाली विद्यार्थी नेपाल ल्याउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् ।

सुनसरी र सर्लाहीमा भएको सवारी दुर्घटनाको विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ छापेका छन् ।

प्रकाशित: Feb 03, 2020| 06:56 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।