मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चीनमा रहेका नेपालीलाई कहिले ल्याउने भन्नेबारे अझै अन्योल

चीनमा रहेका नेपालीलाई कहिले ल्याउने भन्नेबारे अझै अन्योल

चीनमा रहेका नेपालीलाई कहिले नेपाल ल्याउने भन्ने विषयमा सरकार अझै अन्यौलमा रहेको छ।
 |  आइतबार, माघ १९, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, माघ १९, २०७६

काठमाडौं- चीनमा रहेका नेपालीलाई कहिले नेपाल ल्याउने भन्ने विषयमा सरकार अझै अन्यौलमा रहेको छ।

triton college

कोरोना भाइरसको ‘इपिसेन्टर’ मानिएको वुहानबाट नेपालीलाई उद्धार गरी ल्याएर राख्ने ठाउँको पहिचान हुन नसक्दा कहिले ल्याउने भन्ने विषयले मुर्तरुप लिन सकेको छैन।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनमा रहेका नेपालीहरुले आफूहरुलाई उद्धार गर्न आग्रह गर्दै आइरहेका छन्। तर नेपाल सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँ (क्वारेन्टाईन) को व्यवस्था गर्न सकेको छैन।

चीनमा भाइरसको संक्रमण बढ्दै गएपछि विश्वका सबैजसो देशले आफ्ना नागरिक फर्काइरहेका छन्।

शनिवार मात्र बेइजिङस्थित नेपाली दूतावासले चीनस्थित कोरोनाभाइरस अतिप्रभावित हुबेई प्रान्तमा रहेका नेपालीहरूको उद्धारका लागि प्रक्रिया अघि बढाएको थियो।

corrent noodles
Metro Mart

स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई आज (आइतवार) बिहानसम्म आवेदन भर्न समय तोकिएकोमा १८० जनाले फारम भरेका थिए।

फर्किन चाहनेमध्ये हुबेई प्रान्तमा रहेका नेपालीलाई प्राथमिकतामा राखिएको छ। ती सबै फारामको अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चीनमा रहेका नेपालीलाई ल्याएर राख्ने ठाउँको अध्ययन भइरहेकोेले उनहरुलाई ल्याउन सकिएको छैन। चीनबाट आएका नेपाली नागरिकलाई कम्तिमा पनि १५ दिन आइसोलेट गरेर राख्नुपर्ने भएकाले त्यसका लागि कुन स्थान उपयुक्त हुन्छ भनि विकल्पहरु खोजिएको प्रवक्ता श्रेष्ठले बताए।

चीनमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको विशेष विमान पठाउने सरकारको योजना छ तर उनीहरुलाई कुन विमानस्थलको प्रयोग गरि ल्याउने भन्नेसमेत यकिन नभएको प्रवक्ता श्रेष्ठ बताउँछन्।

वुहानबाट फर्किएकाहरु सिधैै घरपरिवारमा जान मिल्दैन, उनीहरुलाई दुई साता निरन्तर स्वास्थ्य परीक्षण र चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ। त्यसैले उनीहरुलाई अस्पतालमा राख्न पनि निकै जोखिम हुन्छ, प्रवक्ता श्रेष्ठले भने।

अहिले वुहानमा नेपाली नागरिकलाई पनि निगरानीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए। नेपाल आउन चाहने नेपालीहरुलाई चीनमा पनि परीक्षण गरिन्छ।

शंकास्पदलाई चीन आफैँले पनि एयरपोर्टबाट पठाउँदैन। यहाँ हामीसँग पनि परीक्षण किट र सामग्री पनि छन् नभए हामीले किन्न पनि सक्छौँ त्यसका लागि सरकारले तयारी गरिसकेको छ, प्रवक्ता श्रेष्ठल भने, ‘हामी यसमा निकै सचेत छौँ।’

सरकारका विकल्पहरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘हामीले उपत्यकाभित्र र आसपासका विभिन्न स्थानहरूको विकल्प अघि सारेका छौँ।’

श्रेष्ठका अनुसार मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम केन्द्र वा कुनै ब्यारेकमा चीनबाट ल्याइएका मानिसहरूलाई राख्न सकिने एउटा विकल्प अघि सारेको छ।

त्यस्तै अर्को विकल्पमा इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएका दुई भवन रहेका छन्। अर्को विकल्पका रूपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्रलाई अघि सारिएको छ।

त्यस्तै अन्य विकल्पमा बोडेस्थित कृषि विकास ब्याङ्कको तालिमकेन्द्र, जावलाखेलस्थित स्टाफ कजेल, कीर्तिपुस्थित आयुर्वे्दिक तालिमकेन्द्रजस्ता स्थान छन्।

तीबाहेक केही विद्यालय र कलेजका छात्रावासलाई पनि विकल्प मानेर छलफल भइरहेको श्रेष्ठले जानकारी दिए।

मेडिकल सामग्री मौज्जाद राख्न निर्देशन

औषधि व्यवस्था विभागले कोरोना भाइरस नियन्त्रणको तयारीका लागि विभिन्न मेडिकल सामग्रीहरु मौज्जाद राख्न निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागले एक सूचना निकाल्दै व्यवसायीहरुलाई त्यस्ता सामग्रीहरु बचाइ राख्न र अनावश्यक निर्यात नगरिदिन अनुरोध गरेको हो।

विभागले सरोकारवाला संस्थाहरुलाई पत्र लेख्दै आवश्यक पर्ने विभिन्न किसिमका स्वास्थ्य सामगीहरु जस्तै मास्क, ग्लोब्स्को अत्यधिक माग भइरहेको र बजारमा अभावको स्थिति देखिएकोले यी सामग्रीहरु पर्याप्त मौज्जाद अवस्थामा राखिदिन, निर्यात नगर्न तथा नगराउन, मौज्जाद विवरण, स्थानीय उत्पादकको क्षमता विभागमा जानकारी गराउन, खुल्ला विक्रि नियन्त्रित रुपमा देशैभर उपलब्ध हुने व्यवस्था मिलाउन तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रि नगर्न पनि भनेको छ।

चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट ३ सय ५ जनाको मृत्यु भएको छ भने चीनसहित विश्वका २३ देशमा १२ हजार भन्दा मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित: Feb 02, 2020| 18:09 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।