ललितपुर- ललितपुर टेबुल टेनिस क्लबको आयोजनामा ‘तेस्रोे सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०२०’ सुरु भएको छ।
अखिल नेपाल टेबुल टेनिस संघको वार्षिक कार्यक्रम अनुसार उक्त प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको हो।
इन्भेन्ट्स अन्तर्गत आइतबार जुनियर टिमहरुबीचका स्पर्धा सुरु भएका छन्।
प्रतियोगितामा भारत, दक्षिण कोरिया र पाकिस्तान तथा तीन विभागीय टोलीसहित अखिल नेपाल टेबुल टेनिस संघमा आबद्ध २६ जिल्ला तथा स्कुल–कलेजबाट ५२४ खेलाडीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा ओपन इभेन्ट्समा प्रथम हुनेले ६० हजार, द्वितिय हुनेले ३० हजार र तृतीय हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै भेट्रान्सको दुबै विधातर्फ प्रथम हुनेले १० हजार, द्वितिय हुनेले ५ र तृतीय हुनेले रु. २५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा जम्मा १० लाख ५० हजार बराबरको पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।