शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय कमिटी : अध्यक्षहरुको तस्बिर अबदेखि बैठकमा नराख्ने, वामदेव बने पार्टी उपाध्यक्ष

नेकपा केन्द्रीय कमिटी : अध्यक्षहरुको तस्बिर अबदेखि बैठकमा नराख्ने, वामदेव बने पार्टी उपाध्यक्ष

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अबदेखि पार्टीका बैठक तथा सम्मेलनहरुमा अध्यक्षद्वयको तस्बिर नझुण्ड्याउने भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अबदेखि पार्टीका बैठक तथा सम्मेलनहरुमा अध्यक्षद्वयको तस्बिर नझुण्ड्याउने भएको छ।

triton college

केन्द्रीय कमिटी बैठकमा अध्यक्षहरुको तस्बिर झुण्ड्याउँदा नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यहरुले व्यापक विरोध जनाएपछि अबदेखि यसरी अध्यक्षको तस्बिर नराख्ने निर्णय केन्द्रीय समितिले गरेको हो।

केन्द्रीय सदस्यहरुले अध्यक्षहरुले आफूलाई राजा महाराजा जस्तो गराएर प्रस्तुत गर्न खोजेको आरोप लगाएका थिए। त्यस्तै कतिपयले जिवित मानिसको तस्बिर बैठकस्थलमा राख्नुको सन्देश के हो भन्ने प्रश्न उठाएका थिए।

त्यस्तै केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ।

काठमाडौंमा गत माघ १९ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत छलफल गरी सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेका हुन्।

corrent noodles
Metro Mart

अध्यक्षद्वयले लेखेको राजनीतिक प्रतिवेदन बैठकमा अध्यक्ष दाहालले पेश गरेका थिए।

समूहगत छलफलको प्रतिवेदन पेशपछि आइतबार प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।

जवाफ दिनेक्रममा प्रचण्डले प्रतिवेदनमा रहेको ‘चीनलाई घेर्ने’ शब्द फिर्ता लिने बताएका थिए। अमेरिकी ‘इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने रणनीति’ भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख थियो। तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट नेताहरुले यो शब्दप्रति आपत्ति जनाएका थिए।

यस्तै नेकपाले अबका बैठकमा दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहालको तस्वीर बैठकस्थलमा नराख्ने निर्णय गरेको छ।

वामदेव गौतम उपाध्यक्षमा अनुमोदन

यस्तै बैठकले पार्टीको उपाध्यक्षमा वामदेव गौतमलाई मनोनित गर्ने पार्टी स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ।

गत साउनमै उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरिएकोमा स्थायी कमिटी, सचिवालय हुँदै केन्द्रीय कमिटीले समेत प्रस्ताव अनुमोदन गरेपछि उनी औपचारिक उपाध्यक्ष बनेका हुन्।

पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन्।

यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन। गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो।

स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो।

नेकपा बैठकले समसामयिक विषयमा विभिन्न प्रस्तावहरु पारित गरेको छ।

प्रकाशित: Feb 02, 2020| 17:04 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।