शुक्रबार, वैशाख ७, २०८१

बालबालिकामा संस्कृत मोह : बिहान गुरुकुल, दिउँसो स्कुल

उनीहरुलाई विद्यालयमा शिक्षकले अगाडि वैदिक स्वस्तिवाचन गर्न लगाउँदा निकै रमाइलो लाग्छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

घोराही – घोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छन्। उनी दिउँसो १० बजे विद्यालय जान्छन्।
बिहानको समय उनी गुरुकुलमा बिताउँछन्।

triton college

स्कुलमा नेपाली, अङ्ग्रेजी, गणित सिक्ने उनी गुरुकुलमा भने वेद, व्याकरण र कर्मकाण्ड पढ्छन्।

दाङमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरक्ष रत्ननाथ मन्दिरमा गत वर्षदेखि गोरक्षनाथ वैदिक गुरुकूल स्थापना भएको छ।

यस क्षेत्रका करिब ४५ विद्यार्थी दिनहुँ गुरुकुलमा संस्कृत पढ्छन्।
पद्मोदयमा कक्षा ७ मा पढ्ने प्रशंसा पोख्रेल ११ वर्षका भए। उनी पनि पनि बिहानको समय गुरुकुलमा बिताउँछन्।

रझेना माविमा कक्षा ४ मा पढ्ने द्रोण भण्डारीलाई बिहानको समयमा गुरुकुलमा वेद, रुद्री, गीता पढ्न निकै रमाइलो लाग्छ। 

corrent noodles
Metro Mart

गुरुकूलमा दिनहुँ संस्कृत पढ्न आउने ११ वर्षीय प्रनीष योगी र सन्तोष गोराथोकी गोरखा माविमा पढ्छन्।

उनीहरुलाई विद्यालयमा शिक्षकले अगाडि वैदिक स्वस्तिवाचन गर्न लगाउँदा निकै रमाइलो लाग्छ।

विद्यालयमा हुने अन्य कार्यक्रममा पनि उनीहरु वैदिक मन्त्र वाचन गर्छन्। आफूले पढ्ने विद्यालयमा मात्र होइन।

रुकुलमा पढ्ने धेरै बटुक अन्य विद्यालयमा पनि वेदका ऋचा वाचन गर्न पुग्छन्।

गुरुकुलमा भेटिएकी एक विद्यार्थीकी अभिभावक सुशीला खनालले आफ्नी ११ वर्षीया छोरी प्रशंसा पोखरेललाई गुरुकूलमा भर्ना गरेको एक वर्ष भयो।

यसबीचमा छोरीमा धेरै परिवर्तन आएको उनी बताउँछिन्। ‘गुरुकुलमा पढ्न थालेदेखि छोरी धेरै अनुशासित भएको महसुस गरेकी छु।’

उनलाई छोरीले संस्कृत श्लोक वाचन गरेको असाध्यै मन पर्छ।

गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई बालबालिकाको बिहान साँझ खेर गएको समयमा गुरुकुलले संस्कृत भाषा र वेद पढाउन थालेको बताउँछन्।

‘हामीले गुरुकूल स्थापना गर्दा सुरुसुरुमा अभिभावकले विश्वास गरेका थिएनन् । तर निरन्तर गुरुकुल चलेपछि उनीहरु विश्वास गरेका छन्’, उनले भने, ‘अभिभावकको धारणा बुझ्न र सुझावका लागि हामीले हरेक हप्ता अभिभावकसँग छलफल गर्छौं, सुझाव सङ्कलन गर्छौं।’

अब गुरुकूलमा पढ्ने बालबालिकालाई अन्य विद्यालयमा जान नपरोस् भन्ने उद्देश्यले संस्कृत शिक्षासँगै नेपाली, अङ्गे्रजी, विज्ञान, कम्युटर शिक्षा दिने तयारीमा रहेको उनले बताए। –रासस

प्रकाशित: Feb 02, 2020| 15:46 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।