शनिबार, वैशाख ८, २०८१

डर्टमुन्डको सानदार जित

बुन्डेस लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

डर्टमुन्ड– बुन्डेस लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।

triton college

उसले घरेलु मैदानमा युनियन बर्लिनलाई ५–० ले हराएको हो।

डर्टमुन्डको बेस्ट फलेन रंगशालामा भएको खेलमा एर्लिन ब्रट हालान्डले दुई गोल गरे। उनले खेलको १८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए।

डर्टमुन्डलाई सुरुवाती अग्रता दिन जाडोन सान्चेले पहिलो गोल गरे। उनले खेलको १३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै, मार्को रिउस र एलेक्स विस्टेलले पनि गोल गरेर जितलाई थप सानदार बनाए। रिउसले ६८ मिनेटमा गोल गरे भने विस्टेलले ७० मिनेटमा गोल गरेका थिए।

corrent noodles
Metro Mart

जितसँगै डर्टमुन्डले अंक तालिकामा ३९ अंक भएको छ। २० खेलमा ११ जित र ६ बराबरी खेल्दै डर्टमुन्ड अंकतालिकाको तेस्रो स्थानमा छ।

बायर्नको अग्रता कायमै

शनिबारै सम्पन्न अर्को खेलमा साविक विजेता बार्यन म्युनिखले मेन्ज फाइभलाई हराउँदै शीर्ष स्थानको पकडलाई बलियो बनाएको छ।

कोफाका एरियाना स्टेडियममा सम्पन्न खेलमा जितका लागि रोवर्ट लेवान्डोस्की, थोमस मुलर र थियागो अल्कानताराले एक–एक गोल गरे।

लेवान्डोस्की, मुलर र थियागोले क्रमशः ८ औं, १४ औं र २६ औं मिनेटमा गोल गरेका थिए।

उता सेन्ट जस्टेले खेलको ४५ औं मिनेटमा एक गोल फर्काएका थिए।

खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट गोल हुन नसक्दा ३–१ को गोलअन्तरमा बायर्नले जित निकालेको थियो।

बायर्नको २० खेलमा १३ जित र तीन बराबरीका साथ ४२ अंक छ। बायर्न दोस्रो स्थानमा रहेको लेप्जिङभन्दा एक अंकले अगाडि छ।

प्रकाशित: Feb 02, 2020| 12:21 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।