लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले फराकिलो गोलअन्तरमा जित निकालेको छ।
उसले साउथह्याम्टनमाथि ४–० को फराकिलो जित निकाल्यो।
लन्डन स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनलाई हराउँदै लिगमा २२ अंकको अग्रता बनाएको हो।
लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा अक्सलेड चेम्बरलेन र हेन्डरसनले १–१ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४७ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। ६० औं मिनेटमा हेन्डरसनले गोल गर्दा लिभरपुलले २ गोलको अग्रता लियो।
त्यस्तै, खेलको ७१ औं र ९० औं र ९० औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुलले खेल ४–० ले आफ्नो पक्षमा पार्यो।
जारी सिजनमा अपराजित लिभरपुलको ७३ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४९ अंक छ।