बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुनसरी दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्यो, मृतक र घाइतेको सनाखत

सुनसरी दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्यो, मृतक र घाइतेको सनाखत

सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा मृत्यु हुने संख्या चार पुगेको छ ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

सुनसरी-सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा मृत्यु हुने संख्या चार पुगेको छ।

triton college

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

दुर्घटनामा परेर १३ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उधृत गर्दै हाम्रा संवाददाता विराट अनुपमले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा धादिङ बैरेनी ३ बस्ने २८ वर्षीय चालक दीपक खड्का, झापा भद्रपुर ८ घर भई हाल काठमाडौं बस्ने ७५ वर्षीय हेमराज कोइराला र डोलमाया कोइराला छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै भक्तपुर बस्ने १७ वर्षीया गरिमा गौतमको उपचारका क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

घाइतेहरुमा झापा धरमपुर ९ बस्ने वर्ष ३७ का होम बहादुर दर्जी, झापा भद्रपुर १० बस्ने वर्ष ४५ का टंक प्रसाद काफ्ले, झापा बस्ने वर्ष ३५  सावित्रा राई छन्। उनीहरुको अवस्था गम्भीर छ।

यस्तै सामान्य घाइते हुनेमा मोरङ सन्दरहरैचा ९ बस्ने २९ वर्षीया रबिना चौहान, दमक नगरपालिका ३ बस्ने वर्ष ३० का बमबहादुर बस्नेत र झापा, भद्रपपुर बस्ने वर्ष १२ का बिन्यास काफ्ले रहेका छन् ।

मोरङ पथरी ३ बस्ने वर्ष ४९ का डिल्लीराम बाँस्कोटा, भद्रपुर १० बस्ने वर्ष ४१ की ताराकुमारी राय, भद्रपुर ३ बस्ने वर्ष ३८ की माया काफ्ले, काठमाण्डौ अनामनगर बस्ने सुधीर श्रेष्ठको छोरी वर्ष ७ की अग्रता श्रेष्ठ, काठमाण्डौ अनामनगर बस्ने वर्ष २८ कि रमुना श्रेष्ठ छन् । यस्तै गाडीका सहचालक सोलु बस्ने बर्ष २३ का केदार बस्नेत पनि घाइते भएको प्रहरीले जनाएको छ।

इटहरीबाट काठमाडौंतर्फ गइरहेको बा५ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट विराटनगर जाँदै गरेको ना६ख ७९५ नम्बरेको बस आइतबार बिहान एकआपसमा ठोक्किएका हुन्।

दुर्घटना बिहान करिब साढे ७ बजे भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

 

प्रकाशित: Feb 02, 2020| 11:09 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।