बेइजिङ– कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हुनान प्रान्तको शांयांग सहरमा बर्डफ्लु (एचफाइभएनआई)बाट ४ हजार ५ सय कुखुरा मरेका छन् भने १७ हजार ८ सय कुखरा डिस्पोज गरिएको छ।
संक्रमणग्रस्त सहरलाई निगरानीमा राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला फेरि बर्डफ्लू देखिएपछि थप त्रसित भएका छन्।