मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा अमेरिकी दबदबा, तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन दबाब

नेपालमा अमेरिकी दबदबा, तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन दबाब

अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई ट्राभल डकुमेन्ट बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले सरकारले चीनको हुबेइ सहरबाट नेपाली फिर्ता ल्याउन लागेको र सत्तारुढ नेकपामा नेतृत्व र सरकारको चर्को आलोचना भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

आजको कान्तिपुर दैनिकले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न उपयुक्त ठाउँको खोजी भइरहेको विषयलाई प्राथमिकताका साथ छापेको छ भने नेपालमा अस्वभाविक रुपमा अमेरिकाले दबाब दिन सुरु गरेको विषयलाई भने मुख्य समाचार बनाएको छ ।

अमेरिकी दुतावासले तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन दबाब दिएको कान्तिपुरले खुलासा गरेको छ । समाचारमा लेखिएको छ– नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ ।

दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटक–पटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाब दिएको हो । दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छोजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको थियो ।

गृह मन्त्रालयस्थित उच्च स्रोतका अनुसार दूतावासको पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता ‘तिब्बतियन’ उल्लेख छ । गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमतिपत्र दिन इन्कार गरेको छ । गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई. म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमतिपत्र जारी गरिदिन दबाब दिएको समाचारमा कान्तिपुरले लेखेको छ ।

corrent noodles
Metro Mart

नागरिक दैनिकले सरकार र पार्टी नेतृत्वको कडा आलोचना शीर्षकमा मुख्य समाचार छापेको छ भने सरकारले चीनबाट नेपाली फर्काउने तयारी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोष्ट्ले चीनबाट फर्काइँदै नेपाली शीर्षकमा मुख्य समाचार छापेको छ भने नेकपाको बैठकमा सरकारको चर्को आलोचना भएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

यस्तै राष्ट्र बैंकले सामाजिक सञ्जालको विज्ञापन मार्फत हुने भुक्तानीमा कडा नियन्त्रण गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । यो नियमले युटुवमार्फत पैसा कमाउनेहरु सबैभन्दा बढि प्रभावित हुनेछन् ।

आजको नयाँ पत्रिकाले चीनको बुहानबाट नेपालीलाई यसरी फर्काइँदैछ शीर्षकमा ब्यानर न्यूज छापेको छ । हुबेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा ल्याउने र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने नेपाल सरकारको तयारी छ ।

११ विश्वविद्यालयका १८८ नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा रहेको र स्वदेश जान इच्छुक छौँ भनेर फारम भरेकालाई फिर्ता लाने तयारी भएको नेपाली दूतावासले जनाएको छ ।

 

 

प्रकाशित: Feb 02, 2020| 07:14 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।