बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा बैठक : भ्रष्टहरुमाथि छानबिन माग, एमसीसीको विपक्षमा बलियो मत

नेकपा बैठक : भ्रष्टहरुमाथि छानबिन माग, एमसीसीको विपक्षमा बलियो मत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा तीब्र रुपमा मौलाएको भ्रष्टाचारमा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा तीब्र रुपमा मौलाएको भ्रष्टाचारमा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन्।

triton college

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन एवम विधान संशोधन प्रस्तावमा समूहगत छलफल गरेर निष्कर्ष पेश गर्ने क्रममा समूह नेताहरुले भ्रष्टाचार प्रति नेताहरुले चिन्ता व्यक्त गरेको बताए।

छलफलमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरुले संस्थागत रुपमा मौलाएको भ्रष्टाचार रोक्न सरकारले कडा कानूनी प्रबन्धहरु मिलाउनुपर्ने बताएका छन्।

कतिपय नेताले त भ्रष्टहरुलाई चीनमा जस्तो मृत्युदण्डको सजाय दिनुपर्नेसमेत माग गरेका छन्।

शुक्रबार र शनिबार १५ वटा समूहका नेताहरुले सुनाएको निष्कर्षमा सरकारले गरेका कामहरुप्रति नागरिकको गुनासो, भ्रष्टाचार र अनियमितता, प्रदेश र स्थानीय सरकारहरुमा उत्तरदायित्वको अभाव जस्ता कुराहरुमा चासो व्यक्त गरेको पाइएको छ।

corrent noodles
Metro Mart

यस्तै बैठकमा सहभागी नेताहरुले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कुनै पनि हालतमा नेपालले स्वीकार गर्न नहुने मत राखेका छन्।

एमसीसी अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत रहेको भन्दै नेपालले कानुन नै बनाएर यसलाई स्वीकार गर्नु आत्मघाती हुने धारणा राखेका छन्।

अमेरिकाले यसअघि नै यो सैन्य रणनीति अन्तर्गत रहेको बताएको र बीचमा यसमा सैन्य सम्बन्ध नरहेको भन्दै दोधारे स्पष्टिकरण दिएकाले यसमा नेताहरु सजग हुनुपर्ने धारणा राखेका छन्।

बैठकमा सहभागी अधिकांश नेताहरुले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिमा ढुलमुल हुन नहुने सुझाव दिएका छन्।

नेकपाका ४४१ केन्द्रीय सदस्यहरुलाई विभिन्न १५ समूहमा विभाजन गरेर छलफल गरिएको थियो।

समूहगत छलफल गरेका सबै १५ वटा समूहका टोली नेताले समूहको निष्कर्ष पेश गर्ने क्रम शनिबारको बैठकमा सकिएको छ।

साथै शनिबारको बैठकमा विभिन्न केन्द्रीय निकाय तथा विभागका अध्यक्षहरुले आफ्नो विभागको प्रतिवेदन पेश गर्दैछन्।

बैठकमा भोलि आइतबार सचिवालय सदस्यहरुले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने, प्रतिवेदनहरु तथा विधान संशोधन प्रस्तावमा संशोधन गर्ने एवम् पारित गर्ने कार्यक्रम छ।

प्रकाशित: Feb 01, 2020| 17:07 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।