पर्सा– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
घरमा लुकिछिपी बसिरहेको अवस्थामा बहुदरमाईन–६ का ६० वर्षीय चन्द्रिका राउत अहिरलाई प्रहरीको फरार प्रतिवादी पक्राउ टोलीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ।
पर्सा जिल्ला अदालतले गत मंसिर ११ गते उनलाई कर्तव्य ज्यान मुद्दामा ११ वर्षको कैद सजाय सुनाएको थियो।