बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चीनले भन्यो : नआत्तिनुस्, नेपाली नागरिकको जीवनरक्षा गर्छौं

चीनले भन्यो : नआत्तिनुस्, नेपाली नागरिकको जीवनरक्षा गर्छौं

चीन सरकारले बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थीको जीवन र स्वास्थ्य उपचारको सुनिश्चितता गरेको जनाएको छ। काठमाडौं स्थिति चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - चीन सरकारले बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थीको जीवन र स्वास्थ्य उपचारको सुनिश्चितता गरेको जनाएको छ। काठमाडौं स्थिति चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ।

दूतावासले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न चीन सक्रिय भूमिका निभाउने बताएको छ। सरकारले चीनमा रहेका नेपालीका विषयमा चासो राखिरहेका बेला दूतावासले उनीहरुलाई आवश्यक हरेक किसिमका सहयोग गर्न तयार रहेको भन्दै मेडिकल केयरको ग्यारेन्टी गरेको जनाएको छ।

दूतावासले विज्ञप्तिमा चीन सरकारले अन्तर्राष्ट्रिय दायित्व उच्च जिम्मेवारीका साथ बहन गरिरहेको जनाएको छ। जस अन्तरगत चीनमा रहेका विदेशी नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिइएको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले विदेशी नागरिकको स्वास्थ्य हेरचाह र संक्रमित विदेशी नागरिकसँग समन्वय गर्न संयन्त्र गठन गरेर काम गरिरहेको जनाएको छ।

चीनमा कोरोना भाइरसको संक्रमणले २५९ जनाको मृत्यु भइसकेको छ भने १२ हजार भन्दा बढीमा यसको संक्रमण देखा परेको छ। विश्वका अन्य राष्ट्रमा भने संक्रमितको संख्या १०६ पुगेको छ।

प्रकाशित: Feb 01, 2020| 12:16 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।