शनिबार, वैशाख ८, २०८१

मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

पर्सा– वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ।

triton college

वीरगञ्ज–८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा शुक्रबार राति ११ बजेतिर आगलागी भएको हो।

आगलागीबाट एक दर्जन कम्प्युटर, तीन थान प्रिन्टर, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायत सामान र कागजपत्र जलेर नष्ट भएको बैंकले जनाएको छ। उनका अनुसार महत्त्वपूर्ण कागजात र रकम भने सुरक्षित छ।

आगलागीबाट १५ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

corrent noodles
Metro Mart

आगलागीको कारण भने खुलेको छैन। प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेको छ।

प्रकाशित: Feb 01, 2020| 11:47 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।