बिहीबार, वैशाख ६, २०८१

ईयूबाट आधिकारिक रूपमै बाहिरियो ब्रिटेन

ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
 |  शनिबार, माघ १८, २०७६

बीबीसी

बीबीसी

शनिबार, माघ १८, २०७६

बेलायत - ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ। ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।

triton college

ब्रिटेन ईयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। स्कटल्यान्डमा मैनबत्ती बालेर मानिसहरूले प्रदर्शन गरेका छन्। त्यहाँका मतदाताले जनमतसङ्ग्रहका बेला ईयूमा रहने पक्षमा मतदान गरेका थिए।

ब्रेक्जिटका समर्थकहरूले चाहिँ लण्डनस्थित संसद् भवन अगाडि त्यसको स्वागतमा उत्सव मनाएका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले देशलाई एकसाथ ल्याउने र नयाँ बिहानीको सुरुआत गर्ने वाचा गरेका छन्।

सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए। त्यसपछि ब्रिटेन ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुपर्‍यो।

corrent noodles
Metro Mart

यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरबदल भए। जनमतसङ्ग्रहलगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए।

त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेको मुख्य दायित्व ब्रेक्जिट पूरा गर्नु र लागु गर्नु थियो। तर ब्रेक्जिटका विभिन्न सर्तहरूबारे सांसद्‍को समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिइन् र अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आइपुगेको थियो।

प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए। अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले सबै भावनालाई साथ लिएर अघि बढ्ने वाचा गरेका छन्। उनले भने, "धेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियो। यद्यपि कैयौँ मानिसहरू यस्ता पनि छन्, जसलाई चिन्ता लागिरहेको छ र नोक्सान भएको जस्तो महसुस भइरहेको छ।"

प्रकाशित: Feb 01, 2020| 09:34 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।