बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर र काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति बन्द

ललितपुर र काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति बन्द

नेपाल विद्युत प्राधिकणले काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार दिनभर बत्ति जाने बताएको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं - नेपाल विद्युत प्राधिकणले काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार दिनभर बत्ति जाने बताएको छ।

triton college

प्राधिकरणले चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेकाले बिहान ७ बजेदेखि ४ बजेसम्म महाराजग‌ंज वितरण केन्द्रको धापासी फिडरबाट वितरीत लाइन सट डाउन हुने जानकारी दिएको छ। उक्त फिडर अन्तर्गतका वसुन्धारा, सामाखुशी चोक, रानीबारी गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताललगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।

यस्तै पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरीत ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने कार्य तथा जम्परहरु मर्मत गरी फिडर सुधार गर्नुपर्ने भएकोले बिहान ११ बजेबाट साँझ ५ बजेसम्म क्रेन्द्रबाट वितरीत लाइन बन्द हुने पनि प्राधिकरणले जानकारी दिएको छ। उक्त फिडर अन्तर्गत वल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सिजि कार्यालय एरियालगायतका क्षेत्रहरु पर्दछन्।

साथै निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगावै पनि लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Feb 01, 2020| 09:20 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।