मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जब उपराष्ट्रपतिले मन्दिर परिसर बाहिरै गाडी पार्किङ गरे

जब उपराष्ट्रपतिले मन्दिर परिसर बाहिरै गाडी पार्किङ गरे

जनकपुरको जानकी मन्दिर प्राङ्गणभित्र सवारी साधन प्रवेश निषेध छ। सरसफाई तथा धार्मिक दृष्टिकोणले मन्दिर परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाइएको हो।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

जनकपुरधाम- जनकपुरको जानकी मन्दिर प्राङ्गणभित्र सवारी साधन प्रवेश निषेध छ। सरसफाई तथा धार्मिक दृष्टिकोणले मन्दिर परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाइएको हो।

triton college

तर ‘भीभीआइपी’ वा ‘भीआइपी’ हरुको सवारी हुँदा यस्तो नियमको पालना भएको देखिँदैन। जानकी मन्दिरमा पूजाअर्चना गर्न आउने प्रायः हरेकजसो विशिष्ठ व्यक्तिको गाडी मन्दिर परिसरभित्रै पार्किङ गरिन्छ। यहाँसम्म कि कतिपय विशिष्ठ व्यक्तिहरुको गाडी परिसरभित्र मन्दिरको गेटमै रोकिन्छ।

पूजाअर्चना वा अन्य प्रयोजनका लागि त्यहाँ पुगेको बेला संघीय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीहरुको गाडी पनि मन्दिर परिसरभित्रै रोकिन्छ।

उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार जानकी मन्दिरमा पूजाअर्चना गर्न पुगे। उपराष्ट्रपतिको भ्रमण भएपछि उनका निजीका सुरक्षाकर्मीका साथै स्थानीय सुरक्षाकर्मीको बाक्लो संख्या हुनु स्वभाविकै थियो।

तर उपराष्ट्रपति पुनले भने मन्दिर परिसर बाहिर सडकमा तोकिएको स्थानमा गाडी पार्किङ गर्न लगाए। पुनको साथमा रहेको सुरक्षाकर्मीहरुले पनि आफ्ना गाडी बाहिर सडकमै पार्क गरे।

corrent noodles
Metro Mart

गाडी सडकमा पार्क गरेर उपराष्ट्रपति पुन हिँडेर मन्दिरसम्म पुगे। पैदल हिँडेर मन्दिरसम्म पुगेका पुनले केहीबेर मन्दिरमा पूजाअर्चना गरे।

पूजाअर्चनापछि उपराष्ट्रपति पुनलाई मन्दिरका पुजारी रामरोशन दासले दोसल्ला ओढाइ सम्मान गरेका थिए।

महोत्तरीको बर्दिवासमा एक कार्यक्रममा सहभागी हुने क्रममा उपराष्ट्रपति पुन जनकपुर पुगेका हुन्।

उपराष्ट्रपति पुनले आफ्नो गाडी मन्दिर परिसर बाहिरै पार्किङ गरेर पूजाअर्चनाको लागि गएपछि स्थानीयहरुले प्रशंसा गरेका छन्।

मन्दिर परिसरभित्र सवारी साधन प्रवेशमाथि रोक रहे पनि विशिष्ठ व्यक्ति आएको बखत पालना नभएपनि उपराष्ट्रपतिजस्तो व्यक्तिले पालना गरेको भन्दै स्थानीयहरुले प्रशंसा गरेका छन्।

प्रकाशित: Jan 31, 2020| 20:01 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।