शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय समितिमा प्रभु साहः राजनीति आफ्नो तगतले गर्ने की अरुको सहाराले ?

नेकपा केन्द्रीय समितिमा प्रभु साहः राजनीति आफ्नो तगतले गर्ने की अरुको सहाराले ?

सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा प्रदेश २ अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै प्रदेश राजनीतिको विषयमा प्रश्न उठाएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा प्रदेश- २ अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै प्रदेश राजनीतिको विषयमा प्रश्न उठाएका छन्।

triton college

उनले प्रदेश– २ को राजनीति आफ्नै तागतमा गर्ने कि अन्य दलको सहारामा गर्ने भन्नेमा स्पष्ट हुन जरुरी रहेको बताएका छन्।

घुमाउरो पारामा राजपालाई संघीय सरकारमा सहभागी गराउन नहुने भन्दै उनले लेखेका छन्, ‘हिजो प्रदेश सरकारमा हामी प्रतिपक्षमा हुँदा प्रदेशको प्रमुख सत्ताधारी पार्टीसँग संघीय सरकारमा सहकार्यको औचित्य के थियो, जान्न चाहन्छु । र अब फेरी पनि त्यस्तो गल्ती नहोस् भन्न चाहन्छु ।’

प्रदेशका कतिपयय विवादित विषयमा ‘केन्द्र’ ले स्पष्ट नपर्दा प्रदेश नेतृत्व समस्यमा परेको उनको बुझाई छ।

‘प्रदेशभित्रका केही गम्भीर विवादित विषय समाधानका लागि केन्द्र समक्ष आग्रह गरेको महिनौ हुँदा पनि निर्णय समयमा नआउँदा काम गर्न अप्ठ्यारो परेको छ। यसमा छिटो ध्यान जाओस भनी विशेष आग्रह गर्न चाहन्छु,’ साहको रिपोर्टिङमा उल्लेख छ।

corrent noodles
Metro Mart

उनले प्रदेश– २ मा ‘संविधानलाई अस्वीकार गर्ने’ पार्टीको नेतृत्वमा सरकार रहेको, पार्टीका दोस्रो र तेस्रो तहका नेताले सरकारको नेतृत्व गरिरहेको, खुला सिमाना र विदेशी चासो अत्यधिक रहेका बेला अधिकांश जनता अन्योलग्रस्त रहेको र आफ्नो पार्टी समेत व्यवस्थित नरहेको बताएका छन्।

उनले प्रदेश– २ मा नेकपा बलियो नहुनुको कारण ‘कम्युनिष्ट विरोधि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले संविधान निर्माणसँगै कम्युनिष्ट पार्टीलाई पहाडियाको पार्टी हो भने भ्रम सृजना गरी निरन्तर आक्रमण र घेरबन्दी तीव्र बनाएको’ दाबी गरेका छन्।

 

 

प्रकाशित: Jan 31, 2020| 17:55 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।