शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मौसम धुम्मिए पनि पानी पर्दैन काठमाडौंमा, यस्तो हुनेछ तीन दिनको मौसम

मौसम धुम्मिए पनि पानी पर्दैन काठमाडौंमा, यस्तो हुनेछ तीन दिनको मौसम

 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार (आज) काठमाडौं उपत्यकासहित देशको मध्य भूभागको मौसम धुम्मिएको छ ।

triton college

मौसम धुम्मिए पनि आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभरजसो नै मौसम धुम्मिने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार दिउँसो केहिबेर घाम लागेपनि फेरि बादलले आकाश ढाक्ने छ ।

अहिले मध्य र पूर्वी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । भोलि (शनिबार) भने देशका विभिन्न ठाउँमा वर्षाका सम्भावना रहेको उनले बताइन् ।

यस्तो हुनेछ तीन दिनको मौसम

माघ १७ गते (शुक्रबार)

corrent noodles
Metro Mart

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १८ गते (शनिबार)

दिउँसोः देशभर आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

राति: उच्च पहाडी तथा हिमाली भू-भागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

 

प्रकाशित: Jan 31, 2020| 08:47 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।