शनिबार, वैशाख ८, २०८१

सरकार भन्छ : चीनमा भएका सबै नेपाली सकुशल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान प्रान्तमा रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको बताएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान प्रान्तमा रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चीनको वुहान प्रान्तमा रहेका १ सय ९० नेपालीहरु सम्पर्कमा आएका छन्। उनीहरु हालसम्म सकुशल रहेका छन्। चीनस्थित नेपाली दूतावासले बनाएको ‘ह्वाटसएप ग्रुप’ मा उनीहरु नियमित सम्पर्कमा पनि रहेका छन्। उनले चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने सन्दर्भमा अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

triton college

‘एकैपटक त्यति धेरै संख्यामा नेपालीलाई फर्काउनु परे उनीहरुको निगरानी कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ’ श्रेष्ठले भने, ‘उनीहरुलाई ल्याएर राख्न नेपाली सेनाको अस्पताल, शुक्रराज अस्पताल र अन्य हव अस्पताललाई पनि तयार रहन निर्देशन दिइएको छ।’

यसैबीच चीनमा फैलीएको कोरोना भाइरस नेपालमा पनि देखा परेपछि सतर्कता अपनाउन नेपाल सरकारले आग्रह गरेको छ। सरकारले रसुवागढी र तातोपानी नाकामा औषधी तथा मेडिकल उपकरणसहित स्वास्थ्यकर्मी पठाउने भएको छ। शुक्रबार स्वास्थ्यकर्मीसहितको टोली रसुवागढी र तातोपानी नाकामा गई त्यहाँ स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गरी स्वास्थ्य उपकरणहरु प्रदान गर्नेछ। कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै बुधबारबाट सरकारले रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मानिसहरु आवतजावतमा रोक लगाएको छ।

नेपालमा अहिलेसम्म ६ जनामा संक्रमणको आशंका गरिएकोमा एक जनामा मात्रै कोरोनाको पुष्टि भएको थियो। कोरोनाको आशंकामा अस्पताल भर्ना भएका सबैजना सकुशल डिस्चार्ज भएका चिकित्सक अनुप बास्तोलाले जानकारी दिए। उनले नेपालमा कोरोनाको विषयलाई लिएर आत्तिनुपर्ने अवस्था नभएको तर सतर्कता अपनाउन सबैलाई आग्रह गरे।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ सय ७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 30, 2020| 18:44 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।