शनिबार, वैशाख ८, २०८१

हुम्लाको फ्लुप्रति कांग्रेसको चिन्ता

कर्णाली प्रदेशको हुम्ला जिल्लामा केही समय अघिदेखि फैलिएको मौसमी रुघाखोकी (फ्लु) प्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- कर्णाली प्रदेशको हुम्ला जिल्लामा केही समय अघिदेखि फैलिएको मौसमी रुघाखोकी (फ्लु) प्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ।

triton college

फ्लुका कारण एक दर्जनभन्दा बढी मानिसहरुले अकालमै ज्यान गुमाउनु परेकोमा कांग्रेसले दुःख व्यक्त गरेको छ।

विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नहुनुको कारण र सो फ्लुबाट प्रभावित व्यक्तिहरुको समयमै उचित उपचार नहुँदा हुम्लावासीहरुले ज्यान गुमाउन परिरहेको अवस्थालाई मध्यनजर गर्दै पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको कांग्रेसले ध्यानाकर्षण गराएको छ।

मौसमी फ्लुको प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिहरुको उपचारका लाागि विशेष व्यवस्था गर्न नेपाली कांग्रेस संसदीय दल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग अपिल गरेको छ।

प्रकाशित: Jan 30, 2020| 18:03 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।