शुक्रबार, वैशाख ७, २०८१

२० अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अंकले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च अंकको वृद्धि भएको छ। कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ। व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ।

नेप्सेका अनुसार आज कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ। सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोबार भयो । यस्तै प्राइम लाइफ सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स छ करोड ९३ लाख २४ हजार ९४३, एसियन लाइफ छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए। त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए।

प्रकाशित: Jan 30, 2020| 17:46 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्