बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण'

'सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले शहीदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले द्वन्द्वकालका जनधनको क्षतीको यथार्थ बुझ्न गठित आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पीडितले न्याय पाउनेमा शंका व्यक्त गरे।

triton college

थापाले शहीदका सपना साकार पार्ने भनेर सरकारी दस्तावेजहरुमा ठुल्ठुला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको ठिक विपरित हुने परिपाटीले शहीदहरुको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे। ‘जनताले अब पार्टीको रैती होइन, स्वाभीमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण भएमात्र शहीदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।’, थापाले भने।

जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलात्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उनले बताए।

प्रकाशित: Jan 30, 2020| 17:27 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।