बिहीबार, वैशाख १३, २०८१

मास्कले मात्रै रोक्न सक्दैन संक्रमण, कस्तो लगाउने मास्क ?

संक्रमणको समयमा सामान्य मास्कको प्रयोग भन्दा ‘एन९५ मास्क’लाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमण अहिले १८ देशमा फैलिएको छ। चीनमा १७० जनाले ज्यान गुमाइसकेका छन् । अन्य देशमा भने कसैको मृत्यु भएको पुष्टि भइसकेको छैन। चीनबाट सुरु भएको भाइरस नेपालमा पनि देखिएको छ ।

triton college

यसबीचमा चिकित्सकहरुले संक्रमणबाट बच्नको लागि विभिन्न उपायहरु सुझाएका छन् । नियमित रुपमा हातमुख सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, कोरोना भाइरसको संक्रमित व्यक्तिबाट टाढा बस्नुका साथै मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।

चिकित्सकहरु भन्छन्– श्वासप्रश्वाससम्बन्धी सरुवा रोगको संक्रमणबाट बच्न मास्क जरुरी छ । तर, बजारमा पाइने जस्तोसुकै मास्कले संक्रमण रोक्दैन। सामान्यतयाः चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रंगको ‘सर्जिकल मास्क’लाई बढी सुरक्षित मानिन्छ । यद्यपि, हावाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्कसमेत प्रभावकारी हुने कुरामा चिकित्सकहरु शंका व्यक्त गर्छन् ।

कस्तो मास्क प्रभावकारी ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार संक्रमणको समयमा सामान्य मास्कको प्रयोग भन्दा ‘एन९५ मास्क’लाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ ।

corrent noodles
Metro Mart

सो मास्कलाई विश्व स्वास्थ्य संगठनले पनि भाइरस प्रतिरोधी भनेर प्रमाणित गरेको छ । डा. पुनका अनुसार यस्तो मास्कमा फिल्टर जडान गरिएको हुन्छ, जुन फेर्न पनि सकिन्छ । यसको मूल्य नेपाली बजारमा ३ देखि ४ सय रुपैयाँसम्म पर्छ। एक पटकमात्र प्रयोग गर्न मिल्ने एन९५ भने ९० रुपैयाँजतिमा पाइन्छ ।

युनिभर्सिटी अफ लण्डनका प्राध्यापक डा. डेभिड क्यारिङ्टनले पनि सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा नदिने बीबीसीसँग बताएका छन्। उनका अनुसार धेरैजसो भाइरस हावाबाट नै मानिसमा सर्ने गर्छ।

यस्तो अवस्थामा नाक र मुख छोप्ने मास्कले हावा फिल्टर गर्दैन। एन९५ मास्कले भने हावाबाट फैलिने संक्रमण पनि रोक्न सक्ने क्षमता राख्छ। हाच्छिउँ गर्दा मुख छोप्ने, हात नधोई हातले मुख नछुनेजस्ता कार्यले श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिम कम गर्ने चिकित्सकहरु बताउँछन्।

‘एन९५ मास्क’ले निकै हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन् । यद्यपि, यो मास्क पनि पूर्ण सुरक्षित भने नहुने बताइन्छ । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरस संक्रमण हुनसक्छ । राम्रो गुणस्तरको मास्क लगाउने र समय–समयमा फेर्ने हो भने संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुने सकिने चिकित्सकहरुको भनाइ छ।

सस्तो र नष्ट गर्न सकिने मास्क राम्रोसँग प्रयोग गर्न सके पनि विभिन्न संक्रमणको रोकथाम गर्न सकिने सरुवा रोग विशेषज्ञहरु बताउँछन् । मास्क राम्रोसँग नाक र मुख छोपिने गरी दैनिक रुपमा प्रयोग भने गर्नुपर्ने हुन्छ ।

सर्जिकल मास्कको नियमित प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ।

पब्लिक हेल्थ कमिटी फर द इन्फेक्सस डिजिज सोसाइटी अफ अमेरिकाका अध्यक्ष डा. जुली भ्यासम्पायनले भनेका छन्,‘मास्कको प्रयोग गरेका कारणले मात्र संक्रमणबाट सुरक्षित छौं भन्ने महसुस गरेका मानिसहरुप्रति हामी चिन्तित छौं । मास्क प्रयोग गर्नुभन्दा राम्रोसँग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो। किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिँदैन। मुखमा केही ग्याप हुने गर्छ। त्यसैले तपाईंले हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न।’

चिकित्सकहरुका अनुसार मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो। धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन्। जसका कारण संक्रमण फैलिन सक्छ।

(एजेन्सीहरूकाे सहयाेगमा)

प्रकाशित: Jan 30, 2020| 16:40 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्